www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कांग्रेसमा कुशल संगठक शर्माको दाबी, कार्यकर्ता उत्साहित

पाेखरा ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तरगत गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्माले दाबेदारी प्रस्तुत गरेका छन् । बिहीबार साँझदेखि सुरु भएको महाधिवेशनको तालिका अनुरुप शर्माले शुक्रबार बिहान मनोनयन दर्तापछि प्रचारप्रसार सुरु गरेका हुन् । कांग्रेसभित्र प्रजातान्त्रिक संस्कारको वकालत गर्दै निर्वाचनमा होमिएका शर्मालाई प्रदेशका कांग्रेसीजनले नेतृत्वमा स्वीकार गर्ने अपेक्षा गरिएको छ ।

नेपाली कांगेसका नेता शुक्रराज शर्मा गण्डकी क्षेत्रमा कांग्रेसको पर्यायवाची नाम हो । कांग्रेसका संस्थापक वी.पी कोईरालादेखि गणेशमान, सुर्वण शम्शेर, गिरिजादेखि सुशिल मात्रै होईन अहिले कै सभापति देउवाले समेत शुक्रराज शर्मालाई कुशल संगठककै रुपमा चिन्छन् । शुक्रराज शर्मा नेपाली कांग्रेस कास्कीको १७ वर्ष सभापति बने ।

Batas

उनकै सक्रिय नेतृत्वमा कास्की काँंग्रेसले २०५६ सालको आम निर्वाचनमा कास्कीका तीनै निर्वाचन क्षेत्र जितेको थियो । राष्ट्रिय सभाको साँसद बनेका नेता शर्मा पार्टी संगठन र संरचना दुवै निर्माणमा अव्वल देखिएका छन् । नेता शर्माकै नेतृत्वमा नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय, क्षेत्रीय कार्यालय तथा कतिपय वडाका पार्टीका भवनहरु समेत निर्माण गरिएको छ । अहिले पनि उनी प्रदेश पार्टी कार्यालय र गण्डकीमा कांग्रेस बलियो बनाउने सपना देखेका छन् ।

‘मेरो पुरै जीवन पार्टीको संगठन निर्माणमा बित्यो, अब अरु ठुलो आकांक्षा छैन्, एउटै ईच्छा छ, गण्डकी प्रदेश काँग्रेसमय वनाएर युवा पुस्तालाई जिम्मा लगाउछु’, नेता शर्मा भन्छन् । निष्ठावान कार्यकर्ता संरक्षण गर्ने आफ्नो मुल दायित्व रहेको सभापति पदका उम्मेदवार शर्माले भने ।

नेपाली कांग्रेसले विपीको विरासत र विचार विर्सेको प्रति ईगिंत गर्दै नेता शर्माले भन्नुभयो, कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको वाटोमा फिर्ता ल्याउन पनि आफ्नो उम्मेदवारी रहेको तर्क गरे । कांग्रेस राजनीतमा करिव ६ दशक बिताएका शर्माले शुक्रवार गण्डकी प्रदेश सभापतिमा उम्मेदवार दर्ता गरेपछि गण्डकी प्रदेशका आम कार्यकर्तामा थप नयाँ उत्साह समेत छाएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोईराला सहितका नेताहरुको उपस्थितीमा हिजो मात्रै शर्मालाई गण्डकी प्रदेश सभापतिको उम्मेदवार घोषणा गरिएको थियोे । शर्मालाई कास्कीका हस्ती नेताहरु महादेव गुरुङ्ग, यज्ञवहादुर थापा, देवराज चालिसे, कृष्ण केसी लगायतको वलियो साथ पनि शर्मालाई छ, त्यसैले पनि शर्मा सभापति जित्नेमा थप उत्साहित भएको शर्मा निकट पोखरा ६ का पार्टी सभापति सन्तोष पौडेल बताउँछन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.