www.tandavnews.com
Fact ~ In search of truth

सराङकोट सहकारीले आफ्नो १५ औं वार्षिक उत्सवमा सप्तव्यापी कार्यक्रम गर्दै

पोखरा, ताण्डव न्यूज

सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ वार्षिक उत्सवको अवसरमा साताव्यापी कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ । संस्थाको स्थापनाकालदेखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागि विविध सामाजिक शिक्षा, स्वास्थ्य तथा वातवरण मैत्री सदस्य सेवा कार्यक्रमहरु गरिँदै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।

संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरेको छ । विद्यालयको सिफारिसमा शिक्षा समितिमार्फत विद्यार्थीको आवश्यकतानुसार पोशाक वितरण गरीएको कार्यक्रम संयोजक जयराम पौडेलले बताए । यस्तै संस्थाले रत्तदान, स्टार डाग्नोष्टिक सेन्टरको सहकार्यमा होलबोडी चेकअप र रगत परिक्षणसमेत गर्ने भएको छ ।

Batas

सप्तव्यापी कार्यक्रममा रगतमार्फत सम्पूर्ण रोगको परिक्षण गरीने र सोमा ६० प्रतिशतसम्म छुट दिने, संस्थागत रुपमा संस्थाबाट दिने कार्डको आधारमा ४ वर्षसम्म छुट सेवा दिने स्टार डाग्नोष्टिक सेन्टरका अध्यक्ष अर्जुन ज्ञावालीले जानकारी दिए । संस्थाले सेयर सदस्य तथा कर्मचारीका सम्पूर्ण परिवारका लागि स्वास्थ्य सेवा छुट स्वास्थ्य बिमासहित विभिन्न छुट तथा सुविधा दिँदै आएको संस्थाका व्यवस्थापक सुरेन्द्र थापाले बताए ।

संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा विद्यालयका प्रचार्य दिनेस गौतम, रेडियो सराङकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, शिक्षा समिति सदस्य घनश्याम गौतमलगायतले धाराणा राखेका थिए । २०६३ मा स्थापना भएको सहकारीले ४४ करोड ऋण लगानी, ७ करोड सेयर पुजीसहित ५३ करोडको कुल कारोवार गर्दै आएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.