www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २३ घाइते

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

पर्वतको कुश्मा नगरपालिका–८ परादीमा एकै दिशामा गुडिरहेको अवस्थामा बसले ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार वीरगन्जबाट बागलुङका लागि छ्टेको ग २ ख ००९८ को यात्रुवाहक बसले मजदुर बोकेर पातिचौरदेखि दोबिल्लातर्फ जाँदै गरेको को १ च ६४२७ नम्बरको ट्र्याक्टरलाई बिहान करिब सात बजे ठक्कर दिएको हो । ट्रयाक्टरमा मजदुरहरू रहेका थिए भने सोही ट्र्याक्टरमा सवार लामा कन्स्ट्रक्सनमा कार्यरत मजदुर १८ वर्षीय मृत्यु विशाल लामिछानेको मृत्यु भएको हो ।

Batas

दुर्घटनामा परी सामान्य घाइते भएका १८ जनालाई उपचारको लागि पर्वत अस्पतालमा पठाइएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई उपचारको लागि पोखरा ल्याइएको छ । बसले ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.