www.tandavnews.com
Fact ~ In search of truth

सुर्खेतको पत्रकारिता बारेमा लेकसिटीका विद्यार्थीको अन्तरक्रिया कार्यक्रम

विरेन्द्रनगर सुर्खेत, ताण्डव न्यूज

लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको पत्रकारितामा अध्ययनरत सेकेन्ड इयर र थड इयरका विद्यार्थीले यहाँका पत्रकारसँग अन्तरक्रिया गरेका छन् ।

अन्तरक्रियामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बस्यालले यहाँको पत्रकारिताले विशेष गरी सामाजिक क्षेत्र र यसको विषयवस्तुमा कलम चलाउँदै आएको बताए । अध्यक्ष बस्यालका अनुसार यहाँको सामाजिक विषय र विकासका कुराहरुमा पत्रकारले अझ बढी सशक्त रुपमा कलम चलाएको उनको भनाई । अध्यक्ष बस्यालका अनुसार पत्रकारिता पढेर पत्रकारिताको क्षेत्र अँगाले यो धेरै नै राम्रो र यो अवसर पाउने क्षेत्र भएका हुनाले विद्यार्थीलाई पढेर पत्रकारिता गरेर देश र समाजका लागि यसले ठूलो योगदान पुर्याउने भन्दै उनले पोखराबाट आएका विद्यार्थीहरुलाई पत्रकारिता राम्रोसँग पढेन् र गर्न अनुरोध गरे ।

Batas

त्यसै गरी कार्यक्रमा रेडियो प्रशारण संघ कर्णालीका सचिव दीपेन्द्र ओलीले अबको पत्रकारितामा नयाँ सोंच र क्षमता भएका मेनपावरहरुको आवश्यकता रहेको भन्दै पछिल्लो समयमा अनलाईन मिडियाको प्रभाव बढ्दै गएको हुनाले यसमा नयाँ सोंच र प्रविधिको राम्रो प्रयोग गर्ने सक्ने पत्रकारको आवश्यकता भएको बताए । ओलीले भने पत्रकारिता पढेका विद्यार्थी भनेको जब सिकर होइन जब क्रियाटेर हो त्यसैले राम्रोसँग अध्ययन गरेर पत्रकारितामा व्यवहारिक पाटोलाई पनि ध्यान दिन सक्यो भने पत्रकारिताका विद्यार्थीलाई अवसर नै अवसर खानी रहेको बताए ।

नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव ललित बुढाले पत्रकारिताको क्षेत्र विशेष गरी सुर्खेतमा महिलाहरुका लागि पत्रकारितामा आउनका लागि उनीहरुलाई विशेष अवसर दिएको बताए । बुढाका अनुसार महिलाहरुले विशेष गरी महिलाकै क्षेत्रमा पत्रकारिताबाट आवाज उठाइरहँदा ‘घरेलु हिंसा, छाउडी’ जस्ता सोसियल इस्युहरुमा महिलाले महिलासँग खुलेर कुरा गर्ने भएको हुनाले पत्रकारितामा महिलाको आवश्यकता रहेको भन्दै महिला सशक्तिकरणका कुराहरु उठाएका थिए ।

त्यसै गरी कार्यक्रममा लेकसिटी कलेजका प्राध्यापक अर्जुन गिरीले पत्रकारिता नपढेर पनि गर्न नसकिने होइन गर्न सकिन्छ तर पढेर आएकाले पत्रकारितामा अझ बढी जिम्मेवारी भएर काम गरेको देखिन्छ । त्यसैले पढेको मेनपावर खाँचो रहेको बताए । गिरीका अनुसार पत्रकारिताको अध्ययनमा पोखराभन्दा सुर्खेत नै धनी रहेको बताए । उनले पोखरामा पत्रकारिताको विषयमा मास्टर डिग्री नभएको हुनाले यहाँका विद्यार्थी मास्टर गर्न काठमाडौं जाने गरेको बताए । तर यहाँ सुर्खेतमा भने पत्रकारितामा मास्टर गर्न कलेज भएको हुनाले पोखराभन्दा सुर्खेत पत्रकारितामा अघि रहेको बताए ।

कार्यक्रममा लेकसिटी कलेजका प्राध्यापक स्मिता थापाले मन्तव्य राखेकी थिइन् भने विद्यार्थी नमुना कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् । सेकेन्ड इयरमा अध्ययनरत विद्यार्थी सतिस पुनले कार्यक्रम संचालन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.