www.tandavnews.com
Fact ~ In search of truth

‘जवाद’ चक्रवादका नेपालमा सामान्य असर, हवाई उडान प्रभावित हुन सक्ने

काठमाडौँ

बंगालको खाडीको मध्य पश्चिम भूभागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले मौसम बदली र वर्षा गराएको छ । सो चक्रवात आज बिहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र तत्पश्चात उत्तर उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ ।

यसका कारण नेपालमा खासै ठूला प्रभावपर्ने सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिबाट प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भाष्हका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने पनि महाशाखाले जनाएको छ ।

Batas

महाशाखाका अनुसार आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ । सो पश्चिमी न्यून चापीय प्रणलीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । ती प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

पर्वतारोहण र हवाई उडान प्रभावित हुनसक्ने

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार राति र सोमबार दिउँसो उक्त मौसमी प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भाना रहेको छ । यी मौसमी प्रणालीका कारण पर्वतारोह, हवाई/यातायातलगायत दैनिक जनजीवनमा असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ ।

महाशाखाले माथि उल्लिखित दुवै प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार विशेष बुलेटिन जारी गर्ने जनाएको छ । महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा सोहीअनुसार नियमित रुपमा अधावधिक गरिने भन्दै खद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ । महाशाखाले हिउँदै मौसम अपडेटसम्बन्धी आज विशेष बुलेटिन निकालेर विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो । आज काठमाडौँ उपत्यकामा बिहान बाक्लो कुहिरो लागेको थियो जसका कारण बढी चिसो महसुस गरिएको छ । बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भयो ।

अन्तरराष्ट्रियतर्फ केही अहिले विमानस्थलको नियमित उडान सामान्य रहेको विमानस्थलले जनाएको छ । आज काठमाडौँको न्यूनतम १० र अधिकतम तापक्रम २१ डिग्रि सेल्सियस छ । गए राति काठमाडौँमा दुई, जुम्लामा दुई र पोखरामा एक मिलिमिटर वर्षा भएको जनाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.