www.tandavnews.com
Fact ~ In search of truth

अकोराव कास्कीमा पुनः मोतिसागर

पोखरा, ताण्डव न्यूज
सामुदायिक रेडियो प्रसारण संघ ‘अकोराव’ कास्कीको संयोजकमा पुनः मोतिसागर अधिकारी चयन भएका छन् ।

पोखरामा आज भएको बैठकले पुनः अधिकारीलाई नै संयोजक तोक्ने निर्णय गरेको हो । सदस्यहरुमा निराजन अधिकारी, खिमा गुरुङ, सिलास केसी, तिर्थ केसी, अम्बर गुरुङ, घनश्याम पाण्डे, समिक्षा केसी, योगेश श्रेष्ठ र गंगाधर पराजुली रहेका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेश अध्यक्ष गणेशकुमार श्रेष्ठ र सामुदायिक रेडियो सराङ्कोटका अध्यक्ष कृष्ण थापाको विशेष उपस्थितिमा भएको बैठकले अकोराव गण्डकी प्रदेशको सधारणसभा आगामी पौष १६ गते गर्ने निर्णयसमेत गरेको छ । सधारणसभा सफल पार्न जिल्ला समितिले सहयोग गर्ने समेत बैठकले निर्णय गरेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.