www.tandavnews.com
Fact ~ In search of truth

प्रथम नाभ्यता कप फुटसलको उपाधि मनिपाल र फिस्टेल हस्पिटलको संयुक्त टिमलाई

पोखरा, ताण्डव न्यूज

प्रथम नाभ्यता कप फुटसल प्रतियोगिताको उपाधि मनिपाल र फिस्टेल हस्पिटलको संयुक्त टिमले जितेका छन् । ‘स्वास्थ मुटुको लागि खेलकुद’ भन्ने नाराका साथ नाभ्यता हार्ट एन्ड एलाइड सेन्टर प्रालि रानीपौवाको आयोजनामा भएको फाइनल खेलमा एमआर टिमलाई पराजित गर्दै मनिपाल-फिस्टेलले उपाधि रक्षा गरेको हो ।

Batas

फुटसलमा ४ टिमको सहभागिता रहेको थियो । विजेता टिमले नगद रु १५ हजार, मेडल र ट्रफी र उपविजेताले नगद रु १० हजार, मेडल र ट्रफी प्राप्त गरे । प्रतियोगिताको बेस्ट प्लेयरमा एमआरको टिमको तर्फबाट विदुर भण्डारी र सर्वेकृष्ट गोल संख्या पुर्याउने कविल सुवेदीले ट्रफी पाए ।

कार्यक्रमका प्रमुख अतिथि डा अविषेक मास्केले विजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । आयोजक नाभ्यताका अध्यक्ष डा नवराज पौडेलले प्रत्येक वर्ष यस्तै कार्यक्रम गर्ने बताए । कार्यक्रममा खेल संयोजक नम्रता थापा तथा हस्पिटल डाइरेक्टर दिपक तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.