www.tandavnews.com
Fact ~ In search of truth

शुभम मृत्यु प्रकरण : इन्भेष्टिगेसनको पहिलो नम्बरमा केस, अझै भेटिएन क्लू

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

कात्तिक २१ गते (भाईटिकाको भोली) बेलुका ५ बजे ४८ मिनेटको त्यो दुर्घटना, जसले कास्की प्रहरीको टोलीलाई एक महिना हुदा समेत अनुसन्धानबाट उम्कन मौका दिएको छैन ।

पोखरा महानगरपालिका ५ गणतन्त्र चोकको जेब्राक्रसमै तनहुँका १४ वर्षिय शुभम् खनाललाई अज्ञात सवारीले ठक्कर दिएर फरार थियो । ठक्कर पश्चात पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको बालकको उपचारको क्रममा मृत्यु भएको थियो ।

Batas

खनालको मृत्यु भएको आज ठीक २९ दिन पुगेको छ । तर फरार सवारी साधनलाई भने अझै पनि कास्की प्रहरीको टोलीले पत्ता लगाउन सकेको छैन । त्यसोत कास्की प्रहरीको टोलीले फरार सवारीलाई खोजिरहेको छ । अनुसन्धानलाई तिव्र पारिरहेको छ ।

दुर्घटना भएको क्षेत्रमा सिसीटिभी नहुनु र स्थानीयहरु देउसीभैलोको रौनकमा भुल्नुका कारण दुर्घटनाबारे यकिन विवरण आउन नसकेको कास्की प्रहरीले जानकारी दिदै आएको छ ।

इन्भेस्टिगेसनको पहिलो नम्बरमा केस

जिल्ला प्रहरी कार्यालय कास्कीले शुभम सवारी दुर्घटना प्रकरणलाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्दै आएको छ । ‘वडा प्रहरी कार्यालय वैदामको प्रहरी प्रमुख चिनिमाया तामाङ हुनुहुन्छ । उहाँको संयोजकत्वमा अनुसन्धान समिति गठन भएको छ, कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले ताण्डव न्यूजसँग भने, ‘यो चाँही हाम्रो जिल्ला प्रहरी कार्यालयको पहिलो प्राथमिकतामा रहेको अनुसन्धान केस हो । सिङ्गो टोली नै लागिरहेका छौ ।’

ढिलो जानकारी, उम्क्यो सवारी

डिएसपी तिवारीले समयमै प्रहरी कार्यालयमा जानकारी नआएको कारण फरार सवारी पहिचान गर्न समस्या भएको बताए । ‘पाँच बजेर ४८ मिनेटमा घटना भयो । टाइम्ली कन्ट्रोलमा सुचना आएन । सामान्यतया हिट एण्ड रनका घटनाहरुमा दुर्घटना हुनासाथ तत्काल खबर आउँछ र प्रहरीले रेस्पोन्स गरेर सवारी साधनलाई घटनास्थलमै भेट्न सक्ने अथवा भाग्दै गरेको अवस्थामा भेटिन्छ । यो हकमा चाँही ५ बजेर ५६ मिनेटमा मात्र जानकारी आयो । हामीले स्क्य«ाच त गर्याै तर त्यो ढिला भैसकेको थियो ।’

उनले घटनाको बारेमा देखेका स्थानीयहरुलाई सोधपुछ गरेको बताउदै भने, ‘हामीले घटनाको बारेमा बुझेकाहरुलाई सोधखोज गर्दा मोटरसाईकलले ठक्कर देको भन्नेहरु धेरै आउनुभो र त्यो एरियामा भएको सिसिटिभी फुटेजहरु धर्मस्थली आसपास, जिरोकिमी, सभागृहचोक, सृजनाचोकको र हेम्जासम्मको फुटेजहरु लियौ । र थप केही खुल्छ कि भनेर डिजिटल फरेन्सीक ल्याबमा पठायौँ । त्यसैगरी मेकानिक्सहरुसँग पनि यो सवारी साधन कुन हुनसक्छ भनेर ओपिनियन लिएका छौँ । हामीले होममेड इन्टेलिजेन्स र टेक्निेकल इन्टेलिजेन्स लगायत सबै पाटाहरुबाट विश्लेषण गरिरहेका छौँ ।’

पोष्टमार्टम रिपोर्ट अनुसार शुभमको दाहिने गोलीगाँठा र थाईमा चोट लागेको डिएसपी तिवारीले जानकारी दिदैँ सो घटनामा कास्की प्रहरी प्रमुखको ध्यान खिचिएको बताए । ‘यो केसको बारेमा जिल्ला प्रहरी कार्यालयको प्रमुख सरले रेगुलर वडा प्रहरी कार्यालयमा मिटिङ राख्नुहुन्छ । दिनभरी भएको प्रगती माग्नुहुन्छ । र हामी अहिलेसम्म निचोडमा पुगिसकेको छैनौ ।’

उनले फेसबुक मार्फत उक्त दुर्घटना बारे जानकार सम्बन्धित व्यक्तिहरुलाई कास्की प्रहरीको सम्पर्कमा आउनको लागि अनुरोध गरेको बताए । ‘फेसबुक मार्फत हामीले आम नागरिकहरुसँग इनफर्मेसन रिक्वेस्ट गरिराछौ कि यदी तपाईहरुले यो घटनाको बारेमा देख्नुभएको छ, सुन्नुभएको छ वा बुझ्नुभएको छ अथवा केही जानकारी छ । फलनाले यसरी सवारी दुर्घटना गर्याे रे भन्ने कुनै जानकारी छ भने हाम्रो कानसम्म पुर्याउनुस हामी भेरिफिकेशन गर्छाै । र दोषीलाई कानूनी कारवाही गरेर मृतकको आत्मालाई शान्ति दिलाउन हामी एकदमै तत्पर छौ ।’

पछिल्लो समयसम्म निचोडमा पुगिनसकोको डिएसपी तिवारीले बताए । ‘हामी तत्काललाई निचोडमै पुगिसकेको अवस्था छैन, उनले भने, ‘हाम्रो पहिलो प्रथामिकताको केस हो यो त्यसैले हामी एकदमै लागिपरेका छौ ।’

शंकाको घेरामा ‘डर्ट बाईक’

कास्की प्रहरीले शंकास्पद सवारीलाई निगरानीमा रहेको डिएसपी तिवारीले बताए । ‘हामीले केही सवारीलाई निगरानीमा राखेका छौँ । जस्तो कि डर्ट बाईकहरु, उनीहरुलाई भेरिफिकेसन पनि गर्दै छौँ । त्यसमध्ये केही धेरै नजिक पुगेजस्तो लाग्छ तर भेरिफिकेसन गर्दै जादा कुनै हिसाबले टेक्निकल्ली नमिल्ने हुनाले कहिले लगभग निचोडमा पुग्यौ कि जस्तो हुने कहिले फर्केर आउन पर्ने अवस्था भैरहेको छ, उनले भने, ‘ तर हामी जुन पेस्ट छ हाम्रो त्यो घटाएका छैनौ । त्यही पेस्टमा हामी अगाडी बढिरहेका छौ । होपफुल्ली हामी चाडै निचोडमा पुग्नेछौ ।’

मृतक खनाल पोखरास्थित शान्ति निकेतन स्कुलमा अध्ययनरत थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.