www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः पछिल्लो २४ घण्टामा २६ जना संक्रमित, १ को मृत्यु

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३३९ जनामा गरिएको नमुना परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

निर्देशनालयका अनुसार आज गण्डकीका ४ जिल्लामा संक्रमण भेटिएको हो । आज कास्कीका २१, नवलपुर २, स्याङ्जा २ र म्याग्दीका १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९९९ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट १७ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ४२५ पुगेको छ। अहिले प्रदेशभर १५३ सक्रिय संक्रमित छन् ।

Batas

आइतबार गण्डकीमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४२१ पुगेको निर्देशनालयको तथ्यांकले देखाउँछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.