www.tandavnews.com
Fact ~ In search of truth

नाटक ‘चरणदास चोर’ को पुनः मन्चन गर्दै रेनेसान्स थ्रिएटर

पोखरा, ताण्डव न्यूज

कोरोना महामारीको कारण थालिएको पोखराको रगंमञ्चलाई पुनः विगतकै उचाई दिने उद्देश्यका साथ जन्मिएको रेनेसान्स थ्रिएटर नामक नाट्य समूहको नाटक चरणदास चोरको मन्चन पुनः हुने भएको छ । मङ्सिर १ देखि १४ सम्म भब्य रुपमा मन्चन भईसकेको सो नाटक मङ्सिर २२ देखि २५ सम्म मन्चन गरिन लागेको नाटकका निर्देशक निश्चल बिमलले जानकारी दिए ।

Batas

पहिलो चरणमा मन्चन गरिएको सो नाटकले सम्पूर्ण दर्शक साथसाथै विश्लेषकहरुको पनि निकै उत्कृष्ट साथ, सहयोग र प्रतिक्रिया पाएको थियो । भारतीय प्रख्यात नाट्य निर्देशक साथै कलाकार हबिब तनबिर दारा सन् १९७५ मा लिखित हाँस्य चेत र संवेदनाले भरिएको सो नाटकको नेपाली अनुवाद भने नेपाली नाट्य निर्देशक तथा रंगकर्मी आशान्त शर्माले गरेका हुन् । सो नाटकका पात्रहरु नेपाली समाजमा अझै पनि सान्दर्भिक रहेका र समाजमा व्याप्त विभिन्न विषयवस्तुलाइ निकै सुष्म, कलात्मक अनि भावनात्मक रुपले उठान गरेको हुँदा आफ्नो पहिलो चरणको मन्चनमा सो नाटकले निकै चर्चा पाएको थियो । विषयवस्तुको गाम्भीर्यता र सान्दर्भिकता बाहेक सम्पूर्ण कलाकारहरुको उत्कृष्ट अभिनय यसको सबल र तारिफयोग्य पक्ष रहेको छ ।

निश्चल विमल निर्देशक रहेको सो नाटकमा सह–निर्देशक भने शरद भण्डारी रहेका छन् । नाटकमा शरद भण्डारीसहित धुर्बराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्ज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिना, मनोज सुनार, एमडी काफ्ले, नौर क्षत्री, शुशील बराल, अदित भुजेल, विवेक मन, एलिसा विक र सुविना श्रेष्ठको अभिनय रहेको छ । दर्शकको अथाह साथ, माया अनि हौसला पाई पुनः मन्चन हुन लागेको सो नाटक नियमित रुपमा हरेक दिन बेलुका ५ बजे, शनिबार दिउँसो १ बजे अतिरिक्त मन्चन र दर्शकले आरक्षित ‘बुकिंग’ गरेको समयमा पनि नाटक मन्चन हुने निर्देशक बिमलले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.