www.tandavnews.com
Fact ~ In search of truth

गोली लागेर शुक्लागण्डकीमा १ युवकको मृत्यु

ताण्डव न्यूज, तनहुँ

तनहुँको शुक्लागण्डकी–१ थप्रेकमा बन्दुक पड्किदा एक युवकको मृत्यु भएको छ । शिकारका लागि रतनपुरको जंगल गएका सोहि वडाका १७ बर्षीय रोमित मल्लको बन्दुक पड्किदा गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार आइतबार साँझ ७ बजेतिर घटना भएको थियो । मृतक खड्कासँगै शिकारकालागि गएका स्थानीय करिव ४५ वर्षिय सुन बहादुर गुरुङलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको उनले बताए । घट्नबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.