www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा पनि २ व्यक्तिमा ओमिक्रोन भेरिअन्ट पुष्टि

ताण्डव न्यूज

नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेलापरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने संक्रमण देखिएको छैन ।

Batas

स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरे । यसअघि भारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.