www.tandavnews.com
Fact ~ In search of truth

नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लाग्दा १९ वर्षीय युवकको मृत्यु

तनहुँ

नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर- ७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए ।

Batas

घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ज्ञवाली तनहुँको दुलेगौंडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.