www.tandavnews.com
Fact ~ In search of truth

भारी मतले निर्वाचित भएपछि केन्द्रिय सदस्य कार्कीको प्रतिबद्धता ‘राप्रपालाई युवामय गराउछौँ’

पोखरा
ताण्डव न्यूज ।

हालै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा पोखराका युवा व्यवसायी हिक्मत जंग कार्की निर्वाचित भएका छन् । केन्द्रिय सदस्य(खुला)मा उम्मेदवारी दिएका कार्की १ हजार ३ सय १२ मतसहित निर्वाचित भएका हुन् ।

भारी मतले निर्वाचित भएका कार्कीले अब राप्रपालाई युवामय बनाउने बताएका छन् । मतदाताहरुलाई धन्यवाद दिँदै उनले भने ‘यो महाधिवेशनले हामीलाई थप उर्जा दिएको छ । हाम्रा मुलभुत एजेण्डाहरुलाई अब युवाहरुमाझ पुर्याउन हामी लागिपर्नेछोँ । राप्रपालाई युवामय बनाउने छौँ ।’

Batas

देशको पहिचान धमिल्याउन विभिन्न शक्ति लागिपरेको जनाउँदै केन्द्रिय सदस्य कार्की भन्छन्‘देशको पहिचान धमिल्याउन विभिन्न शक्ति लागिपरेका छन् । राजसंस्थालाई जुन हिसाबले हटाउने काम भयो, आजको दिनसम्म पनि त्यो सहि होइन । अहिलेकै राजनीतिक घटनाक्रमले पनि त्यो ठिक थिएन भन्ने प्रष्ट हुन्छ ।’ एक दशकबढी राप्रपाको सक्रिय राजनीतिमार्फत प्रभावशाली छवि बनाएका कार्कीले राप्रपामा आम जनताको आकर्षण बढेको दाबी गरे । लक्ष्य प्राप्तिका लागि विशेष योजनासहित आफु लागिरहने उनकाे भनाइ छ ।

केन्द्रिय सदस्य कार्की इन्टरनेसनल योङ्ग डेमोक्रेटिक युनियनको अन्तराष्ट्रिय उपाध्यक्ष हुन् । सन् २०२१ अगष्ट १ मा जर्मनीको म्युनिखमा आयोजित भेलाले उनलाई अन्तराष्ट्रिय उपाध्यक्ष चुनेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.