www.tandavnews.com
Fact ~ In search of truth

११ औं पोखरा महोत्सव पुष २८ देखि, ४१ उपसमिति गठन

पोखरा, ताण्डव न्यूज

११ औं पोखरा महोत्सव आगामी पुषको २८ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लबले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । कोभिड १९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन ।

सोमबार बसेको क्लकको बैठकले युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति संयोजक रहने गरी ४१ वटा उपसमितिहरु गठन गरेको छ । जस अन्तर्गत कार्य सम्पादन उपसमिति संयोजकमा क्लकका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अतिथि व्यवस्थापन उपसमितिको संयोजकमा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, संघसंस्था व्यवस्थापन उपसमिति संयोजकमा क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजकमा क्लबका प्रथम उपाध्यक्ष लोकबहादुर थापा, सचिवालय उपसमिति संयोजकमा क्लबका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना, प्रचारप्रसार उपसमिति संयोजकमा क्लबका महासचिव शान्तबहादुर थापा, अर्थ व्यवस्थापन उपसमिति संयोजकमा क्लबका कोषाध्यक्ष सूर्यबहादुर बानिया, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सचिव दिनेश सुनार, स्टल व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सह कोषाध्यक्ष पूर्णकला पोख्रेल, खाजाखाना व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य सीमा गुरुङ, बाल उद्यान उपसमिति संयोजकमा क्लबका सदस्य सन्तोष कार्की, ब्यानर व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य जयराम आचार्य, अवार्ड तथा मायाको चिनो व्यवस्थापन संयोजकमा क्लबका सदस्य दिवानी सुवेदी, मुलद्धार व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य विष्णु कुमार गुरुङ, टिकट व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य पूर्ण कुमार श्रेष्ठ, अतिथि सत्कार संयोजकमा क्लबका सदस्य चन्द्रा कुमारी पराजुली, स्वयंसेवक परिचालनमा क्लबका सदस्य शिव थापालाई चयन गरिएको छ ।

Batas

त्यसैगरी बीमा व्यवस्थापन समिति संयोजकमा क्लबका सल्लाहकार राजेन्द्रबहादुर थापा, मुल्यांकन उपसमिति संयोजकमा क्लबका सल्लाहकार शुसिलराज पराजुली, अनुगमन उपसमिति संयोजकमा क्लबका सल्लाहकार सम्मरबहादुर श्रेष्ठ, यातायात व्यवस्थापनमा क्लबका सल्लाहकार श्याम कृष्ण श्रेष्ठ, झाकी तथा र्यालीमा क्लबका सल्लाहकार पवित्रादेवी गुरुङ, प्रायोजक व्यवस्थापनमा क्लबका सल्लाहकार लिलबहादुर जिसी, विद्यालय समन्वयमा क्लबका सल्लाहकार लिलाधर अधिकारी, पर्यटन प्रवद्र्धनमा गोपाल गुरुङ, सरसफाईमा विजय कार्की, खानेपानीमा अमर खतिवडा, स्वास्थ्यमा नरहरी पनेरु, ट्राफिक व्यवस्थापनमा कृष्णबहादुर थापा मगर, मञ्च व्यवस्थापनमा शान्ति सुवेदी, हस्तकलामा सविता श्रेष्ठ रन्जित, फोटो तथा भिडियोमा नविन कुमार श्रेष्ठ, विद्युतिय सुरक्षामा राजेन्द्र तिवारी, पार्किङ व्यवस्थापनमा उमेश थापा मगर, विद्युत व्यवस्थापनमा हरि श्रेष्ठ, प्रकाशन तथा मुद्रणमा सावित्री थापा, स्मारक निर्माणमा रिमबहादुर क्षेत्री, पृष्ठपोषणमा रामबहादुर थापा, मिडिया कोअडिनेटरमा गिता राना र कार्यालय सचिवमा रेजीना खत्री रहेका छन् ।

त्यसैगरी महोत्सवको सल्लाहकारहरुमा विश्वप्रकाश लामिछाने, क्याप्टेन फत्तेबहादुर गुरुङ, तीर्थलाल श्रेष्ठ, मेजर हितमान गुरुङ, प्रेम छिरी शेर्पा, गोविन्द घिमिरे, मुक्षेत्र गुरुङ, सेती थापा, रमेशबहादुर कार्की, पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर कार्की, पोखरा २४ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, पोखरा १० का वडाअध्यक्ष राज कुमार गुरुङ, पोखरा ३१ का वडा अध्यक्ष कमलबहादुर थापा, पोखरा १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेल, पोखरा १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्की, पोखरा ११ का अध्यक्ष मोहन बास्तोला रहेका छन् भने । त्यसैगरी भरत केसी, निलकण्ठ पोख्रेल (निश्चल), शंकरनाथ पौडेल, दया बराल, तेजबहादुर गुरुङ, राजेन्द्रबहादुर कार्की, शिवबहादुर बराल, रामबहादुर गुरुङ, जसबहादुर गुरुङ, कृष्णबहादुर थापा, कृष्ण कुमारी थापा, गोमा पौडेल र मीन गुरुङलाई समेत सल्लाहकारमा चयन गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.