www.tandavnews.com
Fact ~ In search of truth

भारतमा दैनिक संक्रमितको संख्या डेढ वर्षपछिकै कम

नयाँ दिल्ली, एएएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सबैभन्दा कम संक्रमित भएको मंगलबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ८२२ जना नयाँ संक्रमित थपिएका हुन ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या ५५८ दिनपछिकै सबैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सबैभन्दा धेरै संक्रमितहरुको संख्या केरला राज्यमा देखिँदै आएको छ । पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या ९५ हजार १४ रहेको छ । यो संख्या पनि ५५४ दिनपछिकै सबैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

Batas

कूल संक्रमित मध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले संक्रमित अवस्थामै रहेका हुन् । मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चार जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको जनाएको छ । दैनिक संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको संख्या पनि निकै कम भएको हो । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड ४० लाख ७९ हजार ६१२ रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.