www.tandavnews.com
Fact ~ In search of truth

जिल्ला हुलाक कार्यालय, तनहुँः ४ महिनामा रु ३४ लाखको टिकट बिक्री

तनहुँ
जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै ३४ लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ ।

कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व संकलन भएको कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइले जानकारी दिए । साउन महिनामा रु ७ लाख ३९ हजार ७७५ भदौमा रु ५ लाख ७६ हजार ४९५,असोजमा रु ११ लाख २४ हजार १७५ र कात्तिकमा रु ९ लाख ५३ हजार ३७५ राजस्व संकलन भएको हो ।

कार्यालयले अभिलेख राखेर संघसंस्था र व्यक्तिलाई कार्यालयबाट नै टिकट बिक्री गर्न थालेको उनले बताए । हुलाक टिकट राजस्व संकेत भएकोले निर्धारण गरिएको मूल्यभन्दा घटिबढीमा बिक्री गर्न मिल्दैन् । उनले भने, “हुलाक टिकटमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गर्न थालिएको पाइएकोले कार्यालयबाट व्यवस्थित तरिकाले टिकट बिक्री गर्न थालेको हो ।”

Batas

विभिन्न संघसंस्था, बीमा कम्पनी, लेखापढी कानुन व्यवसायी, बैंकलगायतका कार्यालयले कार्यालयमै आएर टिकट लैजाने गरेको उनले बताए । केवल, टिभी, पत्रपत्रिका, एफएमलगायतका संञ्चारमाध्यमको दर्ता तथा नवीकरणको कार्य गर्दै आएको सो कार्यालयले पछिल्लो समय डाँक सेवालाई व्यवस्थित गर्न लागेको निमित्त हुलाक अधिकृत कुमारसिंह लामाले जानकारी दिए ।

सूचना र प्रविधि, स्रोतसाधान र जनचाहनाअनुरुप सेवा दिन स्रोतसाधान कमी भएका कारण ढिलाइ हुन गएकोले सेवामा छिटोछरितो ल्याउन पहल गरिएको उनले बताए । १७ जिल्लाका लागि प्रदेश हुलाक कार्यालयले व्यवसायीसँग डाँकका लागि सम्झौता गरे पनि सम्झौता अनुरुपको कार्य नहुँदा सेवा प्रदानमा कठिनाइ भएको सो कार्यालयले जनाएको छ । पछिल्लो समय हप्तादेखि १५ दिनको अवधिमा आफ्नै डाँक सेवाबाट हुलाक कार्यालयमा पुगेर डाँक उठाउन थालिएको निमित्त हुलाक अधिकृत लामाले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.