www.tandavnews.com
Fact ~ In search of truth

बेनीमा जेसिज कप फुटबल सुरु

बेनी

म्याग्दीको बेनीमा जेसिज कप अन्तरमावि फुटबल प्रतियोगिता सुरु भएको छ । यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले गरे ।

‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ नाराका साथ सुरु भएको १९औँ संस्करणको उक्त प्रतियोगितामा जिल्लाका २१ विद्यालय सहभागी छन् । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, वर्तमान अध्यक्ष वीरेन्द्र श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रतियोगिताको विजेताले रु ५२ हजार र उपविजेताले रु ३२ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक कुमार बानियाँले जानकारी दिए ।

Batas

प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्टाइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीलाई पुरस्कृत गरिनेछ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.