www.tandavnews.com
Fact ~ In search of truth

प्रेस चौतारी कास्कीको नवनिर्वाचित समितिको पदस्थापन

पोखरा ।

प्रेस चौतारी नेपाल, कास्की शाखाको आठौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । हालै अर्जुन गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चुनिएको थियो ।

पोखरामा बुधबार एक समारोहका बीच निर्वाचन मण्डलले पदस्थापन गराएको हो । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्यसमेत रहेका जिल्ला कमिटि कास्कीका अध्यक्ष कृष्ण थापाको प्रमुख आतिथ्यता एवं पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपानेको विशेष आतिथ्यतामा पदस्थापन गरिएको हो ।

Batas

अध्यक्ष थापाले नेकपा एमालेको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै जनताको बहुदलीय जनवादलाई जनमानसमा पु¥याई वर्तमान राजनीतिक निकासका लागि पार्टीले लिएको कार्यनीतिलाई सञ्चारमाध्यम मार्फत् आम सर्वसाधारणमा पु¥याउन प्रेस चौतारीले प्रमुख भूमिका खेल्ने अपेक्षा गरे । मुलुकलाई सही ढंगले सञ्चालन गर्न एमालेको नेतृत्व आवश्यक परेकोबारे जनताले थाहा पाइसकेको भन्दै उनले आसन्न निर्वाचनमा एमालेलाई दुईतिहाई बहुमत दिलाउन प्रेस चौतारीमा आबद्ध पत्रकारहरु पहिलेझैं खट्ने विश्वास लिए ।

विशेष अतिथि न्यौपानेले पार्टीलाई प्रचारप्रसार र रचनात्मक कार्यमा सहयोग पुगेकोमा प्रसन्नता व्यक्त गर्दै पार्टी र चौतारी हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

निर्वाचन मण्डलका संयोजक दुर्गा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पूण्य पौडेल, चौतारी गण्डकीका सहईञ्चार्ज श्याम कुँवर, अध्यक्ष सुष्मा पौडेल, महासचिव रुद्र श्रीष मगर, प्रदेश कमिटि सदस्य एवं निर्वाचन मण्डल सदस्य राम्जीप्रसाद लम्साल, प्रेस चौतारी कास्कीका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष गिरीले अहिलेको पूरा टीम जुझारु, क्रियाशील र योग्य रहेको भन्दै आफू अत्यन्त हर्षित रहेको बताए ।

पदस्थापन पश्चात् नवनिर्वाचित कमिटिका सचिव रञ्जन अधिकारीलाई पूर्व सचिव एवं संयोजक अर्जुन गिरी र निर्वाचन मण्डल संयोजक दुर्गा भण्डारीले माइन्यूट हस्तान्तरण गरेका थिए । निर्वाचन मण्डलका संयोजक भण्डारी, सदस्यहरु विष्णुप्रसाद अधिकारी, ईन्द्रप्रसाद पौडेल, राम्जीप्रसाद लम्साल र विजय नेपालका साथै निर्वाचन सम्पन्न गर्न गठित अध्यक्ष मण्डलका संयोजक रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, सुष्मा पौडेल र रुद्र श्रीष मगरलाई मायाको चिनोकासाथ सम्मान गरिएको थियो ।

गत मंसीर ३ गते सम्पन्न आठौं अधिवेशनबाट अध्यक्षमा अर्जुन गिरी, उपाध्यक्षमा मोतीसागर अधिकारी, उपाध्यक्ष (महिला) मा बालकुमारी पौडेल (तारा), सचिवमा रञ्जन अधिकारी, सह–सचिवमा ईश्वर देवकोटा, सह–सचिव (महिला) मा उमा आलेमगर र कोषाध्यक्षमा जीवन सुवेदी निर्वाचित भएका थिए ।

३० सदस्यीय कमिटिको २३ जना सदस्यहरुमा पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापा (मगर), सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना (दर्शन), दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा छन् । ३ सदस्य पहिलो बैठकले मनोनित गर्ने सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

प्रेस चौतारी कास्कीमा २२७ जना साधारण सदस्यहरु छन् । यसै वर्ष ५६ जना थपिएका छन् । प्रेस चौतारी नेपालको देशभरकै शाखामध्येमा कास्कीबाट नयाँ कमिटि चयन प्रक्रिया सुरु भएको छ । पुसभित्र देशभरका शाखाहरुले अधिवेशन सम्पन्न गरिसक्नेछन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.