www.tandavnews.com
Fact ~ In search of truth

ट्रक दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु

मार्तडी

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए । उनले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ ।

Batas

गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ । दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.