www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस केन्द्रीय सदस्यमा ‘महादेव गुरूङ’काे उम्मेद्वारी

पाेखरा ।

नेपाली कांग्रेसका नेता एवं पुर्व पर्यटन राज्यमन्त्री महादेव गुरूङले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । नेपाल तरूण दलका पुर्व अध्यक्ष समेत रहेका गुरूङले आज उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस संस्थापक वि पी कोईरालाका अनुयायी गुरूङले आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसलाई विपीको विचारमा ल्याउन लड्ने बताए । नेपाली कांग्रेसले विपीको विरासत र विचार विर्सेको प्रति संकेत गर्दै नेता गुरूङले कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको वाटोमा ल्याउन पनि आफ्नो उम्मेदवारी रहेको तर्क गरे ।

Batas

नेता गुरूङले कांग्रेस शुद्धीकरणको अभियान पनि आफ्नो मुल मुद्दा रहेको बताए । कास्की क्षेत्र नं ३ वाट महाअधिवेशन प्रतिनिधि रहेका नेता गुरूङले ईमान्दार, निष्ठावान र दुख पाएका कार्यकर्ता संरक्षण लाग्ने प्रतिवद्दता व्यक्त गरे । नेपाल विधार्थी संघका महामन्त्री तथा जिल्ला विकास समिति कास्कीका सभापति समेत बनेका नेता गुरूङ युवाहरूवीच लोकप्रिय र विकासप्रेमी नेताको रुपमा समेत परिचित छन् ।

कांग्रेस राजनीतमा करिव ५ दशक बिताएका नेता गुरूङलाई कांग्रेसका संस्थापक वी.पी कोईरालादेखि गणेशमान, सुर्वण शम्शेर, गिरिजादेखि सुशिल मात्रै होईन अहिले कै सभापति देउवाले समेतले जुझारू संगठकका रुपमा चिन्छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.