www.tandavnews.com
Fact ~ In search of truth

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत चौंथो चरणको खेल आजबाट सुरु हुँदै

काठमाडौं, ताण्डव न्यूज

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत चौंथो चरणको खेल आजबाट सुरु हुँदैछ । लिगको चौंथो चरणको खेल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र च्यासलबीचको खेल अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ । ८ पटकको च्याम्पियन मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । ३ खेलमा मनाङले ७ अंक जोडेको छ ।

Batas

फ्रेन्ड्स लिगको १० औ स्थानमा रहेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ । तीन खेलमा ५ अंक जोडेको आर्मी, लिगको छैटौं स्थानमा रहेको छ । च्यासलविरुद्ध मैदान उत्रदा आमीले स्पष्ट ३ अंक जोड्नुपर्ने देखिन्छ । च्यासल ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.