www.tandavnews.com
Fact ~ In search of truth

वालिङः पूर्णकुमारी न्यौपाने ‘पुतली’ एक हप्तादेखि सम्पर्कविहीन

वालिङ

स्याङ्जाको वालिङ नगरपालिका– १४ भंगेनीकी ४८ वर्षीया पूर्णकुमारी न्यौपाने ‘पुतली’ एक हप्तादेखि सम्पर्कविहीन भएकी छन् ।

मानसिक सन्तुलन गुमाएकी उनी गत शनिबारदेखि परिवारका सम्पर्कमा नरहेको दाजु खुमलाल न्यौपानेले जानकारी दिए । “पूरै होस् पाउँदिनन्, कता गइन् कता केही पत्तै लागेको छैन”, उनले भने, “आफन्त, इष्टमित्र कहाँ फोन गरेर बुझ्यौँ अत्तोपत्तो लागेको छैन ।” गाउँघर वरिपरि बारी, खोल्साखोल्सी, वनजंगल जताततै खोजी गरिरहेको र नपाइएपछि बिहीबार वडा प्रहरी कार्यालय वालिङमा खोजी गरिदिन निवेदन दिइएको उनले बताए ।

 

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.