www.tandavnews.com
Fact ~ In search of truth

महासागर जस्तै चिनियाँ अर्थ व्यवस्थाः राष्ट्रपति सी

बेइजिङ, सिन्ह्वा०

राष्ट्रपति सी चिनफिङका अनुसार चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै छ जुन कुनै पनि आँधीबाट बच्न पर्याप्त र सक्षम छ । ‘समुद्रको शान्त दिन हुन सक्छ तर त्यसबाट ठूला हावा र आँधीबेहरी मात्र आशा गर्न सकिन्छ’, सीले २०१८ मा पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको उद्घाटन समारोहमा भनेका थिए ।

कोभिड १९ महामारी, दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व अर्थतन्त्रको सबैभन्दा खराब मन्दी र चीनको विकासलाई रोक्न केही देशहरूले गरेको प्रयासको बावजुद चीनको अर्थतन्त्र बलियो बनेको छ । यस अस्तव्यस्तताले ओझेलमा पर्नुको सट्टा, चीनको अर्थतन्त्र बलियो रह्यो २०२० मा वृद्धि हुने एकमात्र प्रमुख अर्थतन्त्रको रूपमा उदाउँनुमा चिनियाँ नेतृत्व र विशाल घरेलु बजार महत्त्वपूर्ण कारक रहेका छन् ।

Batas

धेरै हावा र आँधीबेहरीको अनुभव गरिसकेपछि, समुद्र अझै पनि स्थिर नै रहन्छ । धेरै हावा र आँधीको अनुभव गरिसकेपछि, महासागर अझै त्यहाँ रहनेछ । हो चीन पनि त्यस्तै छ । महासागरले जीवनलाई पोषण दिन्छ, चीनको विकास, वृद्धि र अवसरहरूले बाँकी विश्वलाई फाइदा पुर्यायउँछ । सीको टिप्पणी छ । चीनले गत वर्षको शुरुमा काम र उत्पादन पुनः शुरु गर्न अगाडि बढ्यो र विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरतामा योगदान पुर्याएको छ । बढ्दो आयातले विश्व अर्थतन्त्रको पुनरुत्थानलाई पनि बढाएको छ ।

जसरी महासागरले कुनै नदीलाई अस्वीकार गर्दैन, समसामयिक चीन पनि त्यस्तै समावेशी छ, राष्ट्र स्वतन्त्र व्यापार र बहुपक्षीयताको सशक्त वकालत र खुला विश्वव्यापी अर्थतन्त्रको सक्रिय समर्थक हो । सन् २०२० मा चीनको सुधार र खुलापनको अग्रपंक्तिमा रहेको शाङ्घाईको पुडोङको विकास र खुलापनको ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सीले विश्व अर्थतन्त्र पनि एउटा महासागर भएको बताएको हो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.