www.tandavnews.com
Fact ~ In search of truth

लोकतन्त्र, राष्ट्रियता र विकासमा कांग्रेससँग सहकार्य हुन्छः अध्यक्ष ओली

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन

काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका प्रश्नमा नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले ठूला दलहरुको सहकार्यबाट मुलुकमा राजनीतिक परिवर्तन आएको र नेपालले अन्धकार युगबाट गणतन्त्रको उज्यालोसम्म आइपुगेको स्मरण गराए ।

Batas

“नेपाली कांग्रेस र एमालेजस्ता ठूला पार्टीले नै मुलुकको संविधान, विकास, राष्ट्रियता, लोकतन्त्र, सुशासन, स्थिरता, सामाजिक न्याय र समानताका प्रश्नमा सहकार्य गर्दै आएका छन्”, अध्यक्ष ओलीले भने, “अहिले केही साना दलहरुलाई कांग्रेसले औलो समाउन दिएन भने सरकारमा नरहौँला कि भन्ने चिन्ता हो ? के का लागि सहकार्य ? देश बनाउन एमाले कांग्रेसकै साथमै छ । देश बनाउन सँगै जाने कुरामा हामी साथमै छौँ ।”

अध्यक्ष ओलीले जन्मँदै कोही शासक हुन सक्छन् भन्ने सिद्धान्त गलत सावित भइसकेको टिप्पणी गरे । उनले कांग्रेस अरुका नीतिका पछाडि होइन, आफ्ना नीतिमा अगाडि बढोस् भन्दै कांग्रेसको महाधिवेशनले गौरवपूर्ण इतिहासलाई उजिल्याउन सकोस् भन्ने कामना गरे ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.