www.tandavnews.com
Fact ~ In search of truth

हुम्लाका ९ हजार बालबालिकालाई मोर्डना खोप दिइने

सिमकोट

हुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ । कोरोना सङ्क्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उक्त खोप आगामी पुस ४ देखि १४ गतेसम्म ७ वटा गाउँपालिकामा १०० खोप केन्द्रमार्फत दिइने छ । खोपसहित स्वास्थ्यकर्मी चाँडै परिचालन गरिने उनको भनाइ छ । खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ ।

Batas

उक्त खोपको दोस्रो मात्रा आगामी माघ २ देखि १२ गतेसम्म सम्बन्धित खोप केन्द्रमा लगाइने भएको छ । हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिनाइ हुने भएपछि नाम्खा गाउँपालिकाको वडा नं ४, ५ र ६ का बालबालिकालाई भने हाललाई नलगाइने भएको छ । ती वडाका बालबालिकालाई हिउँदयाम सकिएपछि खोप लगाइने कार्यालयले जनाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.