www.tandavnews.com
Fact ~ In search of truth

हाइटीमा ग्यास ट्रक विस्फोट हुँदा ६२ जनाको मृत्यु

मोटरसाइकल र ट्याक्सी जोगिनका लागि गुड्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि ट्रक पल्टिएको अनुमान गरिएको छ ।

क्याप–हाइटियन, हाइटी

हाइटीमा मंगलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको छ । प्रधानमन्त्री एरियल हेनरीले घटनास्थलको भ्रमण गर्नुको साथै स्थानीय अस्पतालमा दर्जनौं घाइतेसँगै भेटघाट गर्नु भएको बताइएको छ ।

त्रासदीको सामना र यस दुर्घटनामा परेकाका लागि मद्दत गर्न आपतकालीन कोषहरु खर्च गरिने उनले ट्वीटमार्फत घोषणा गरेका छन् । विष्फोटमा वरपरका भवनहरु जलेर नष्ट भएका छन् । घटनास्थलमा भीड जम्मा भएका, केही मृतकहरूको शरीर झोलामा सडकमा छोडिएका बताइएको छ ।

Batas

‘हामीले अहिलेसम्म ६२ जनाको मृत्यु भएको गन्ती गरेका छौं,’ डेपुटी मेयर प्याट्रिक अल्मोनोरले भने, सरकारी अधिकारीहरुले अझै नजिकैका भवनहरूमा पीडितहरूको खोजी गरिरहेका बताइएको छ । कैयौ मानिसहरुलाई जिउँदो जलेको देखेको अल्मोनोरले एक डरलाग्दो दृश्यको वर्णन गर्दै जलेका ती व्यक्तिहरुको पहिचान गर्न असम्भव भएको पनि उनले बताएका छन् ।

मोटरसाइकल र ट्याक्सी जोगिनका लागि गुड्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि ट्रक पल्टिएको अनुमान गरिएको छ । हाइटीको नागरिक सुरक्षा विभागले ट्रक दुर्घटना भएको पुष्टि गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.