www.tandavnews.com
Fact ~ In search of truth

आफ्नो खाजा खर्च संकलन गरी असहायलाई खाजा खुवाउँदै लेकसिटीका विद्यार्थीहरू

हीरा बरुवाल

पोखरा, ताण्डव न्यूज

पोखरा महानगरपालिका- ४ गैह्रापाटनस्थित लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरका सामाजिक कार्य ‘बिएसडब्ल्यु’ अध्यनरत विध्यार्थीहरुले सडक बालबालिका तथा वृद्धवृद्धाहरुलाई बिहानको खाजा वितरण गरेका छन् ।

Batas

पोखराको विभिन्न ठाउँमा जाडोमा कठ्याङ्ग्रिदै सडकमा छरिएर रहेका उनीहरुलाई आजको बिहानको आफ्नो खाजा विद्यार्थीले उनीहरुलाई वितरण गरेको हो । पृथ्वीचोक, बसपार्क, चिप्लेढुङ्गा, विन्दवासिनीलगायत अन्य ठाउँमा विद्यार्थीहरु खटिएर करिब २५ जना सहारा नभएकाहरुलाई चिया, खाजा खुवाएका थिए ।

लेकसिटी कलेजमा सामाजिक कार्य अध्यनरत विध्यार्थी स्मृति काफ्लेले भनिन्, ‘प्राय सडकमा अव्यवस्थित छरिएर रहेका बालबालिका हुन या बृद्धबृद्धा उनीहरुलाई हेला गरेको, घृणा गरेको धेरै भेटिन्छ तर उनीहरु पनि हामी जस्तै मानव हुन् । हामी आफ्नो खाजा खर्चबाट केही रकम छुट्टाएर सडकमा भोको पेट लिएर बसेकाहरुलाई खाजा खुवाएर र माया दिएर उनीहरुको मुहारमा खुशी ल्याउने सानो प्रयास गरेका छौँ ।’

– प्रशिक्षार्थी पत्रकार

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.