www.tandavnews.com
Fact ~ In search of truth

नेपाल कोभिड अपडेटः थप १८४ मा संक्रमण, २ को मृत्यु

काठमाडौँ

पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार ५२६ पुगेको छ ।

पछिल्लो समय थप २६७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख आठ हजार ८३ पुगेको छ । निको हुने दर ९७।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । दुई सय भन्दा बढी सङ्क्रमित भएका जिल्लाहरूमा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली रहेका छन् ।

Batas

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, डोल्पा, हुम्ला र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा पाँच हजार २४७, संस्थागत आइसोलेशनमा २७९ आइसीयूमा १११ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५६७ पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ४० हजार ५६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड १७ लाख सात हजार १३४ जनाले र पूर्ण मात्रा ९४ लाख ६८ हजार ४८९ जनाले खोप लगाएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.