www.tandavnews.com
Fact ~ In search of truth

शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द

बन्दीपुर

बन्दीपुर गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गराइएको छ । विद्यालयमा कार्यरत २ शिक्षक र ७ जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले विद्यालयको पठनपाठन बन्द गराएको हो ।

कोभिड–१९ को जोखिम थप बढ्न सक्ने हुँदा आजदेखि पुस ७ गतेसम्म भौतिक उपस्थितमा कक्षा सञ्चालन बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । साथै अन्य विद्यालयलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गर्न, शैक्षिक भ्रमण, वार्षिकोत्सवलगायतका उच्च सङ्ख्यामा भौतिक उपस्थिति हुने कार्यक्रम नगर्न गाउँपालिकाले अनुरोध गरेको थापाले बताए ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.