www.tandavnews.com
Fact ~ In search of truth

जापानको ओसाका भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको आशंका

टोकियो, जापान

जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार आशंका गरेका छन् ।
जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ।

करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीको कारण अज्ञात रहेको बताएको छ।
एएनआई

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.