हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज
लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा पत्रकारिता र सामाजिक कार्य अध्यनरत विद्यार्थीहरुले शुक्रबार बाराही चोक वरिपरि सरसफाइ कार्यक्रम गरेका छन् । पोखरा- ४ गैह्रापाटनमा रहेको कलेजका विद्यार्थीहरुले वातावरण सफा राख्ने उद्देश्यले सो सरसफाई कार्यक्रम गरेको सामाजिक कार्य दोस्रो वर्षमा अध्यनरत छात्रा प्रतिमा पौडेलले बताइन् ।

सरसफाई कार्यक्रममा २० जना विद्यार्थी र २ जना शिक्षकको उपस्थिति रहेको थियो । उनीहरुले २० बोराभन्दा बढी फोहोर संकलन गरेका थिए । पोखरा ६ लेकसाइड बाराही चोकमा रहेको श्री रणचण्डी गणले त्यहाँ निर्मित कुचो सरसफाई कार्यक्रमका लागि सहयोग प्रदान गरेको थियो ।
आफू स्वास्थ्य हुनका लागि वरपरको वातावरण पनि सफा र सुन्दर हुनुपर्ने कुरा कलेजका शिक्षिका रोशिना कुँवरले जानकारी दिइन् । सामाजिक कार्य विषय पढिरहेको हुँदा त्यसको व्यावहारिक अभ्यास स्वरुप विधार्थीले सरसफाइ कार्यक्रम गरेको शिक्षिका स्मिता थापाको भनाइ थियो ।
-प्रशिक्षार्थी पत्रकार
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.