www.tandavnews.com
Fact ~ In search of truth

मिस तामाङ पोखराको तालिम शुरु

अञ्जना रेग्मी

पोखरा, ताण्डव न्यूज

बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैठौं संस्करण हो ।

Batas

तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य धनमाया तामाङ्गले आफ्नो समुदायको भाषा, भेषभुषा संस्कृति नै जातीको अस्तित्व भएको बताए । उनले यस्तो खालको
सिर्जनात्मक कार्यक्रमले कलासंस्कृतिको जगेर्नाा गर्न टेवा पुग्ने बताए ।

कार्यक्रममा तामाङ्ग बौद्ध सेवा समितीका अध्यक्ष विष्णु तामाङ्ग, वडा प्रहरी कार्यलय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक चिनीमाया तामाङ्ग, गिनिज बुक रेकर्ड होल्डर नवल पन्जियार, आरजे होल्डिङ्ग रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, बैदाम तामाङ्ग सेवा समाजका डोल्मा लामा, राम लामा, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ललगायतले बोलेका थिए ।

पहिलो दिनको प्रशिक्षण लेकसिटी कलेजका सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेलले प्रदान गरेका थिए । ४५ दिनसम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक एवं पहिलो मिस तामाङ्ग निमा तामाङ्गले जानकारी दिइन् । प्रतियोगितामा पोखरा औद्योगिक क्षेत्रका अल्जिना तामाङ्ग, सिम्पानीका सन्जु तामाङ्ग, निरा तामाङ्ग, रत्नचोकका रेखा तामाङ्ग, रानीपौवाका पुजा लामा, भेडिफारामका मान्सी तामाङ्ग, हेम्जाका जिया तामाङ्ग, रिठेपानीका पेमा तामाङ्ग र लेकसाइडका आशिका तामाङ्ग सहभागी छन् ।

माघ १५ गते शनिवार पोखरा सभागृहमा हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्ने जयन्ती मोक्तानले जानकारी दिए ।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन, चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङ र पाँचौ संस्करणमा शशिकला तामाङ्गले ताज पहिरिन सफल भएकी थिइन् ।

– प्रशिक्षार्थी पत्रकार

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.