www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य आज प्रतितोला ९३ हजार ६००

काठमाडौँ

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार १०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।

Batas

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २४५ तोकिएको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.