www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा चालकसहित स्काभेटर पुरियो

म्याग्दी

रघुगंगा गाउँपालिका– ४ दग्नाममा आज पहिरोले चालकसहित स्काभेटर पुरिएको छ । तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले स्काभेटर चालक रघुगंगा– २ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्री पहिरोमा पुरिएको जानकारी दिए । “अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ”, उनले भने, “सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको हो ।” प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदूर र स्थानीयवासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।

Batas

यसैगरी धवलागिरि गाउँपालिका– ७ ताकमका अन्दाजी ७७ वर्षका गोरे थापा मृत भेटिएका छन् । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परीक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि आज बिहान ताकम पुगेको छ । सडक छेउमा हिँडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो ।

प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिँडिरहेका थापा गाडी अगाडि पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुनसक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सिसिटिभी फुटेजमा, शव परीक्षण प्रतिवेदन र प्रत्यक्षदर्शीको भनाइका आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.