www.tandavnews.com
Fact ~ In search of truth

११ औं पोखरा महोत्सव २०७८ को तयारी तीव्र, पुस २८ देखि माघको ९ गतेसम्म

अञ्जना रेग्मी/हीरा बरुवाल

पोखरा, ताण्डव न्यूज

एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव आयोजक युनाईटेड क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २८ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र परिएको जानकारी दिएको हो ।

Batas

पत्रकार सम्मेलनमा बोल्दै पोखरा महोत्सव मुल आयोजक समारोहका संयोजक तथा युनाईटेड क्लब पोखराका अध्यक्ष राजु श्रेष्ठले एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीव्र रुपमा अगाडी बढाइएको बताए । अध्यक्ष श्रेष्ठका अनुुसार १२ दिनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन् भने महोत्सव तयारीका लागि गठन गरिएको ४१ वटा उपसमितिहरुले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाइएको छ । स्थापनाकालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि बढ्दै आएको युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

जस अन्तर्गत युनाईटेड क्लबले पोखरा महोत्सवको आम्दानीबाट युनाइटेड क्लब पोखराले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाका लागि १२ वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति कोषको स्थापना, आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी स्वास्थ शिविरको आयोजना गरी जनसमुदायलाई प्रत्यक्ष स्वास्थ्य लाभ दिने, युवालाई कुलतमा फँस्नबाट रोकी खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनका लागि क्लब आफैंले विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका विभिन्न संघसंस्थाहरुले आयोजना गरेको राष्ट्रिय तथा स्थानीय खेलकुद प्रतियोगितामा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रहि टेवा पु¥याउदै आइरहेको समेत क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरी पोखरामा खुल्ला चिडियाखाना निर्माण हुनुपर्छ भन्ने अभिप्रायले पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा तत्कालिन नेपाल सरकारका स्वास्थ्यमन्त्री खगराज अधिकारीबाट २०७२ साल साउन १५ गते सिलान्यास गरी विभिन्न भौतिक संरचना निर्माणका लागि हालसम्म ५५ लाख ८५ हजार नगद प्रदान गरिसकेको क्लबका महासचिव शान्तबहादुर थापाले बताए । क्लबले आफ्नो लक्ष्यअनुसार क्लबले पोखरा महानगरपालिका २६ अर्चलेमा ५ रोपनी जग्गासमेत खरिद गरेको बताउँदै महासचिव थापाले उक्त जग्गामा निकट भविष्यमा क्लवको उद्येश्य अनुसार भौतिक संरचना निर्माण गरिनेसमेत बताए ।

एघारौ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड शन्नी इन्डष्ट्रीज प्रालि रहेको छन भने महोत्सवको मुख्य प्रायोजक, उपप्रायोजक, प्रयोजकहरु, अफिसियल बैँक, अफिसियल पानी, अफिसियल इन्टरनेट वल्र्डलिंक कम्युनिकेशन प्रालि, विद्युतिय सुरक्षामा स्काईलिंक टेक्नोलोजी, अफिसियल होटल, अफिसियल इन्सुरेन्स, प्रवद्र्धक, विशेष सहयोगी संस्था, सहयोगी संस्थाहरु, मिडिया पार्टनरहरुको खोजी कार्य जारी रहेको आयोजकले जनाएको छ । क्लबले स्थापना गरेको दैवी प्रकोप कोषबाट हालसम्म ४ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गरी उक्त दैवी प्रकोप कोष खडा गरिएको क्लबले जनाएको छ ।

उक्त कोष अन्र्तगत कैलाली जिल्लाको कैलारी गाउपालिका हसुलिया वार्ड नं. १० का हावाहुरी पिडितका लागि उक्त कोषबाट १ लाख, कोभिड नियन्त्रण कोषका लागि गण्डकी प्रदेश सरकारलाई एक लाख, पोखरा महानगरपालिकालाई एक लाख र पोखरा महानगरपालिका वडा नम्बर १० र १२ लाई जनही ५० हजार रकम हस्तान्तरण गरिएको महासचिव शान्तबहादुर थापाले बताए । महोत्सवमा अपांग, वृद्धवृद्धा, एकल महिला, पत्रकार, सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) निःशुल्क प्रवेश गराईने र पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराउनुका साथै कृषि तथा हस्तकलाका स्टलहरु विशेष छुटमा प्रदान गरिएको आयोजकले जनाएको छ । महोत्सवमा दुई सय ४७ वटा स्टलहरु रहने छन् भने महोत्सवमा दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेष–भुषाको संरक्षणमा टेवा पुर्याउने, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने, गण्डकी प्रदेशको पर्यटकिय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा बाध्य उत्पादित वस्तुको बजार सहजीकरण गराउने उद्येश्य लिएको छ । त्यसैगरी महोत्सवको माध्यामबाट सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने, आर्थिक चलायमन गराई रोजगार सृजना गराउने र उद्योगको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी तथा झांकी प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, व्यावसायीक संघसस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती लगायतका गतिविधी हुनेछन् भने महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यब्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, झाकी प्रस्तुती, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने छन् ।

महोत्सवमा सुरक्षाको उचित प्रबन्ध, शौचालयको उचित व्यवस्था, फ्री वाइफाइको व्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरीबतास बिमाको व्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था, पार्किङको उचित व्यवस्था गरिएको छ । क्लबका महासचिव शान्तबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले महोत्सव सफलताको कामना गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.