www.tandavnews.com
Fact ~ In search of truth

(क्यान) ले खेलाडीमाथि गरिएको कारबाहीमा नेपाल (सिप्यान) को आपत्ति

काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीमाथि गरिएको कारबाहीमा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आपत्ति जनाएको छ । क्यानले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्नसक्ने सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत गरेको थियो ।

Batas

क्रिकेट खेलाडीको योगदानका कारण विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको स्मरण गराउँदै सिप्यानले खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी सिप्यानले क्रिकेट खेलाडीको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत, त्रुटिरहित, तथ्यपरक र वैज्ञानिक बनाइनुपर्ने मागसमेत गरेको छ । क्यान र खेलाडीको बीचमा रहेको यस विषयसँग सम्बन्धित तीक्तता मेटाई खेलाडीको मनोबल उच्च बनाउनाका साथै नेपाली क्रिकेटको भलो हुने कदम उठाउनुपर्ने आवश्यकता रहेको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.