www.tandavnews.com
Fact ~ In search of truth

बेलायतः पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट संक्रमित

लण्डन, सिन्ह्वा

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कूल संक्रमितहरुको संख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी कोरोना भाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना संक्रमित भएका छन् । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितहरुको संख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ । यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी संक्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या अत्याधिक धेरै भएको छ ।

Batas

बेलायतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै ९३ हजार ४५ जना संक्रमित भएका थिए । त्यसपछि भने घट्दै गएको छ । संक्रमित भएकाहरुको संख्याको तुलनामा मृत्यु भएकाहरुको संख्या भने सामान्य नै देखिएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.