www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन क्षेत्र सुरक्षित राख्न व्यवसायीको चासो

पोखरा, ताण्डव न्यूज

पर्यटकहरुको व्यवहारको पहिचानसँगै पर्यटन क्षेत्रमा हुनसक्ने अपराधिक घटनालाई न्यूनिकरण गर्न ध्यान दिनुपर्ने विषयमा केन्द्रित दुई दिने अनुशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

पोखरा पर्यटन परिषद र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा भएको पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन विषयक अन्तरक्रियात्मक अनुशिक्षण तालिम पोखरामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको समापन समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनाराण आचार्यले अपराध न्यूनिकरणमा सबैको साथ र सहयोगको खाँचो रहने बताए । उनले जहाँ न्याय हुन्छ त्यहाँ शान्ति हुने बताउँदै हरेक नागरिकले आफ्नो अधिकारको उपभोग गर्दा कर्तव्यलाई बिर्सन नहुने बताए । पोखराको सुन्दरतासँगै यस क्षेत्र पर्यटकका लागि सुरक्षित गन्तव्य बनाउन सबै सामूहिक प्रयासको खाँचो रहेको उनको भनाइ थियो ।

Batas

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पर्यटन क्षेत्रमा ठूलो लगानी हुने तर सानोसानो कुरामा सावधानी अपनाउन नसक्दा ठूलो जोखिम हुन सक्ने भन्दै व्यवसायीलाई सुरक्षाको मापदण्डमा अपनाउन आग्रह गरे । उनले घटना हुनु अगाडिनै सावधानी हुन पनि सहभागीलाई सर्तक गराए । थापाले पर्यटकलाई होटल भित्र सुरक्षित गराउने जिम्मा व्यवसायीको र सडकमा आएपछि सुरक्षाको प्रत्याभूत गराउने जिम्मा प्रहरीको भएको बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादर भट्टराईले दुई दिने सुरक्षा सम्बन्धि तालिमले पर्यटन क्षेत्रमा अपनाउनुपर्ने सावधानी र विविध विषयमा सहभागीले सैद्धान्तिक र व्यहारिक ज्ञान हासिल गर्न सफल भएको बताए । उनले तालिममा सिकेका कुरालाई आफ्नो व्यवसायमा पालना गर्नसके अपराध न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्यटन क्षेत्रमा देखिएका विकृति विसंगतीलाई न्यूनिकरण गरेर पर्यटनमैत्री वातावरण निर्माणका लागि परिषद् प्रहरी प्रशासनसँग समन्वय गर्न तयार रहेको उनको भनाइ थियो ।

दुई दिने अनुशिक्षण कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारी, पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटा, होटल म्यानेन्जमेन्ट कलेज छिनेडाँडाका प्रिन्सिपल प्रकाश रेग्मी, रेवानका अध्यक्ष लक्ष्मण बराल, प्रहरी नायव उपरिक्षक सुन्दर तिवारी, पर्यटन प्रहरी प्रमुख राजन रायमाझी, बैदान प्रहरी प्रमुख चिनिमाया तामाङ, अग्नि नियन्त्रण शाखाका बसन्त शर्मा, गण्डकी प्रदेश प्रहरी अस्पतालका डाक्टर नर्मल लामिछाने, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक दिपक केसी र प्रहरी निरिक्षक दिपक केसीलगायतले पर्यटन क्षेत्रसँग सम्बन्धित विषयमाथि सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागी व्यवसायी शर्मिला न्यौपाने, विष्णु गुरुङ एकता, अभिषेक अधिकारीलगायतले तालिमको प्रभावकारीताको बारेमा आफ्नो अनुभव राखेका थिए । सो काार्यक्रममा होटल, रेष्टुरेन्ड र डान्सबारका सञ्चालक एवं कर्मचारीहरुसँगै पर्यटन क्षेत्रसँग अन्तरसम्बन्धित एक सय २५ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.