www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २०ः ‘हाई अल्टिच्युड मैदानको निर्माण कार्य तिव्र, दोस्रो चरणको टेण्डर खुलाउने तयारी

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज

पोखरा महानगरपालिका २० आटीघरमा निर्माणाधिन हाई अल्टिच्युड मैदानको निर्माण कार्य अन्तिमचरणमा पुगेसँगै महानगरले दोस्रोचरणको ठेक्का प्रक्रियाको तयारी थालेको छ ।

पोखरा महानगरपालिकाकै लगानीमा निर्माणाधिन मैदानको पहिलोचरणको काम अन्तिमचरणमा पुगेको वडा २० का अध्यक्ष सिम गुरुङले बताए । उनले पहिलोचरणको काम सकिए लगत्तै दोस्रो चरणको निर्माणका लागि ठेक्का प्रक्रिया जाने जानकारी दिए । अध्यक्ष गुरुङले गत वर्ष विनियोजित बजेटको काम अन्तिमचरणमा पुगको बताए ।

Batas

उनका अनुसार यतिबेला मैदान सम्याउने (लेभलिङ) काम भइरहेको छ । ‘ठेकेदारले भने अनुसार अबको ५ दिनमा पहिलोचरणको काम सकिन्छ, अध्यक्ष गुरुङले भने, ‘त्यस लगत्तै दोस्रोचरणका लागि टेण्डर प्रक्रियामा गैहाल्छौ ।’ गुरुङका अनुसार दोस्रोचरणका लागि ४० लाख महानरले रेड बुकमै समावेश गरेको छ ।

महानगरको अनुमानित १६ करोडको गुरुयोजना (डिपीआर) अनुसार नै निर्माणका कामहरु भइरहेको बताए । गुरुङले उक्त प्राजेक्ट पञ्चवर्षिय योजना अन्तर्गत रहेको बताउँदै सो स्थानमा अन्र्तराष्ट्रिय मापडण्डअनुसारको फुटबल मैदान, चमेना गृह, चेन्जिङ रुमलगायतका भौतिक संरचना निर्माण गरिने बताए ।

खेलकुदको माध्यममबाट पर्यटनको हब बनाउँछौ : अध्यक्ष गुरुङ

अध्यक्ष गुरुङले सो क्षेत्रमा निर्माणधिन मैदान सम्पन्न भएसँगै पर्यटकीय गतिविधि थप मौलाउने बताए ।

उनले उक्त मैदान अन्नपूर्ण र माछापुच्छ्रे हिमालको काखमा रहेको बताउँदै प्राकृतिक सौन्दर्यताले पर्यटकलाई आकर्षित गर्ने बताए । ‘त्यो ठाउँ १७ सय मिटर उचाईमा छ । त्यहाँ ग्राउण्ड नजिक कालिज, मृग, झारल जस्ता जंगली पशुपंछीहरु पनि देख्न पाईन्छ, उनले भने, ‘यतिमात्र नभई हिमालको काखमै खेल खेल्न पाईन्छ । यसले गर्दा खेलकुदसँगै पर्यटनको प्रचुर सम्भावना छ त्यसैले खेलकुदको माध्ययमबाट हामीले वडा २० लाई पर्यटकीय हब बनाउने लक्ष्य राखेका छौ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.