www.tandavnews.com
Fact ~ In search of truth

पोखराः ओछ्यानमा पिसाब फेरेको निहुँमा बालकमाथि यातना, १ महिला पक्राउ

पोखरा, ताण्डव न्यूज

६ वर्षीय बालकले ओछ्यानमा पिसाब फेरेको निहुँमा यातना दिने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं- १५ गलेश्वर चोकमा रहेको न्यू लाईफ होष्टलकी वार्डेन जानुका नेपालीले सोही होष्टलमा बस्ने मा बस्ने ६ वर्षीय बालकलाई यातना दिएको कास्की प्रहरीले जनाएको छ ।

ती महिलाले बालकको लिंगमा रबरले बाँधेर यातना दिएको उजुरीपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरी निमित्त प्रवक्ता डिएसपी दिपक केसीले जानकारी दिए ।

Batas

पक्राउ परेकी महिला नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं- २ स्थायी वतन भई हाल पोखरा १४ मा बस्दै आएको खुलेको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा कास्की जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई, घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी केसीले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.