www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्णका विद्यार्थीलाई प्याराडिसो स्पोर्टस्को न्यानो कपडा र शैक्षिक सामग्री वितरण

अञ्जना रेग्मी/हीरा बरुवाल

पोखरा, ताण्डव न्यूज

पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले माछापुच्छे गाउँपालिका ८ ल्वाङघलेल कालिमाटीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ ।

Batas

विद्यालयमा रहेका ३० जना विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, शैक्षिक सामग्री र खेलकुदको सामग्री प्रदान गरेका छन् । प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेल, सुपरभाइजर झम्क ढकाल, सेफ पूर्ण दाहाल लगायतले विद्यार्थीहरुलाई ज्याकेट र अन्य सामग्री प्रदान गरेका थिए ।

सामग्री हस्तान्त्ररण कार्यक्रममा प्याराडिसोका म्यानेजर हरी पौडेलले शैक्षिक सामग्री र न्यानो कपडाले विद्यार्थीको शिक्षा हासिल गर्नमा सहयोगी हुने बताए । उनले बारको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । अन्नपूर्ण आधारभूत विद्यालयक व्यवस्थपान समितिका अध्यक्ष दिपकराज ढुंगाना, सचिब पशुपति दाहाल, विद्यालयका प्रधानध्यापक दिपलाल दाहालले शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीमा शैक्षिक उर्जा बढ्ने बताएका थिए ।

– प्रशिक्षार्थी पत्रकार

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.