www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः आज १६ जना संक्रमित, १७ जना कोरोनामुक्त

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १४६ जनामा गरिएको नमुना परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

निर्देशनालयका अनुसार आज गण्डकीका २ जिल्लामा संक्रमण भेटिएको हो । आज कास्कीका १४ र पर्वत २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ३२२ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा गण्डकीबाट १७ जना कोरोनामुक्त भएका छन् । त्यस्तै १४९ जना होम आइसोलेसनमा छन् । यसैगरी गण्डकी प्रदेशभर १६३ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकीमा हालसम्म मृत्यु हुनेको संख्या १,४२५ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.