www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप हुँदै

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

नेपाल केन्पोकाई मार्शल आर्टको आयोजनामा पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप पोखरामा हुने भएको छ ।

जापानिज सामुराइ मार्शल आर्टको रुपमा परिचित उक्त प्रतियोगितामा यहि पुष १२ र १३ गते पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपाली १८० र भारतिय ७० गरी कुल २५० खेलाडीको सहभागिता हुने संघका अध्यक्ष प्रगत कायस्थले जानकारी दिए । विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ पछि पोखरामा आयोजना हुने उक्त प्रतियोगिता मार्शल आर्ट खेलको वृहत् प्रतियोगितासमेत रहेको अध्यक्ष कायस्थले बताए ।

Batas

हरेका वर्ष आयोजना हुने उक्त प्रतियोगिता कोभिड १९ का कारण गत वर्ष स्थागित भएको थियो । प्रतियोगितामा विभिन्न उमेर समूहका गरी विभिन्न १३ वटा तौल समूहमा प्रतिस्पर्धा गराइने भएको केन्पोकाईका मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए् । जुनियरतर्फ २० वर्षमुनी र ६५ केजी तौल समूहभन्दा माथिका खेलाडीहरुले विभिन्न तौल समूहमा काता र डेमोष्ट्रेसनमा प्रतिस्पर्धा गर्ने छन् ।

सन् २०१२ मा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत दर्ता रहेको उक्त संघ ५ प्रदेशका १६ जिल्लामा रहेको बताउँदै अध्यक्ष कायस्थले प्रतियोगितामा जापानिज सामुराई अन्तर्गत रहेको तरवारबाजी खेल मुख्य आकर्षण रहने छ । करिब १५ लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगिता सफल बनाउन प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोग गर्ने भएको छ ।

हालै सम्पन्न केन्पोकाई वल्र्ड टुर्नामेन्ट अन्तर्गत अनलाइन कातामा नेपाली खेलाडी भिजल वंशीले रजत र विवश तामाङले काश्य पदक जितेको बताउँदै नेपालमा चाँडैनै इन्टरनेशनल टुर्नामेन्टको तयारी शुरु गरिने अध्यक्ष कायस्थले बताए । उनले भने, “नेपालमा केन्पोकाई खेलको विकास र विस्तार तिव्र रुपमा अघि बढेको छ, हामी इन्टरनेशनलमा ३ पटक र वल्र्ड टुर्नामेन्टमा तिन पटक सहभागि भएका छौं, नेपाली खेलाडीहको पदर्शन उच्च छ, अब हामी नेपालमा नै इन्टरनेशनल टुर्नामेन्टको तयारी गर्दैछौं ।” पुष १२ र १३ गते गरी दुई दिन हुने प्रतियोगिताले समेत पोखराको खेल पर्यटनमा प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए ।

 

– प्रशिक्षार्थी पत्रकार

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.