www.tandavnews.com
Fact ~ In search of truth

क्लासिक टेकद्धारा थप ६६४ कर्मचारी माग

पोखरा
ताण्डव न्यूज

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि ब्रान्च म्यनाजरदेखि फाइबर टेक्निसियनसम्म ६६४ कर्मचारी मागेको छ । नेपालमा सन् २००९ देखी शुभाराम्भ भएको कम्पनी १२ वर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रदेखि सानासाना गाँउघरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न कम्पनीले देशभरि कर्मचारी माग गरेको हो ।

कम्पनीले स्टाफहरुलाई विशेष सेवासुविधा दिँदै आएको छ । सामाजिक सुरक्षा कोष ‘एसएसफ्’ मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ । बेसिक सेलरीमा ओवर टाइम, इन्सेंतिव,फ्यूल, मर्मत खर्चलगायत अरु खर्च पनि कम्पनीले दिँदै आएको छ । हाल कम्पनीमा १५०० जना कर्मचारी कार्यरत रहेको र सेवासुविभामा थप प्राथमिकता र जोड दिन कर्मचारीहरुको माग भइ आएको छ ।

Batas

कम्पनीले ब्रान्च म्यानेजर २८ जना, फ्रन्ट डेस्क अस्सोसिएट ८० जना, डोर टू डोर सेल्स अस्सोसिएट २५० जना, फाइबर सेल्स अस्सोसिएट, बाइक राइडर २०० जना, फाइबर सुपरवाईजर ६२ जना, एचआर म्यानेजर २ जना, कोर्पोरेट म्यानेजर २, कल सेन्टर अस्सोसिएट ४० जनाको माग गरेको हो ।

इच्छुक व्यक्तिले क्लासिकटेकमा अपलाई गर्नलाई क्लासिकटेककाे इमेल [email protected] मा आफ्नो अपडेटेड सिवि पठाउन सक्ने छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.