www.tandavnews.com
Fact ~ In search of truth

‘कि बिर्सिन लाउर’ सार्वजनिक

पोखरा
ताण्डव न्युज ।

सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीको नयाँ गीत सार्वजानिक भएको छ । ‘कि बिर्सिन लाउर’ बाेलकाे गीतमा अखेलीलाई नवगायिका वर्षा श्रेष्ठले आवाजमा साथ दिएकी छन् ।

शिव अखेलीको शब्द सिर्जनामा तयार भएको गीतलाई ईश्वर सिंहले भाका बनाएका हुन् ।

Batas

गीतको म्युजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन भने विजय पुन र जुना गुरुङले गीतमा अभिनय गरेका छन् । गीतको भिडियोमा माया प्रेमलाई निकै कलात्मक र मौलिक रुपमा गीत मार्फत उठाइएको छ । कृष्ण अखेलीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको गीतलाई नविन घर्ति मगरले सम्पादन गरेका छन् ।

बिहीबार सार्वजानिक भएको उक्त गीत प्रति निकै आशा गरिएको गायक अखेली बताउँछन् । ‘जसरी भिर्नी झोलालाई माया गर्नुभएको छ । यो गीतलाई पनि त्यस्तै माया गर्नुहुनेछ भन्ने आश गरेको छु’, उनले भने ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.