www.tandavnews.com
Fact ~ In search of truth

तलब नदिँदासम्म अनिश्चतकालका लागि विद्युत् सेवा नै बन्द

सिमकोट

विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ ।

विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गत वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताए ।

Batas

विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय थियो । उक्त निर्णय उल्लङ्घन गर्दै आफूहरूलाई तलब नदिएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको अपरेटर लामाले बताए ।

तलबका लागि प्रत्येक घरपरिवारले रु १०० सङ्कलन गर्नुपर्ने हो । त्यो रकम सङ्कलन नगर्दा आफूहरुले विद्युत् सेवा बन्द गरी ताला लगाएको लामाको भनाइ छ । तलब नदिँदासम्म अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गरिने उनले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.