www.tandavnews.com
Fact ~ In search of truth

‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ

मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सन्तोषजंग थापाको शब्द रचना तथा नवीन कार्कीको संगीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समितिका फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको छ ।

Batas

रेजिना तुलाधरले पहिलोपटक निर्देशन गरेको उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गरेको हो । ‘सिजन इन्टरटेन्मेन्ट’ द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.