www.tandavnews.com
Fact ~ In search of truth

कास्की मजुवाबाट एकनाले भरुवा बन्दुकसहित गुरुङ पक्राउ

पोखरा, ताण्डव न्यूज

ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट गस्तीमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं ३२ मजुवाबाट एकनाले भरुवा बन्दुकसहित माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान बस्ने ३४ वर्षीय गणेश गुरुङलाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार बोराभित्र बन्दुक लुकाएर हिंडिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीको साथमा प्रहरीले सोही बन्दुकमा लाग्ने केप– १ थान र बारुद १५ ग्राम बरामद गरेको छ । पक्राउ परेका उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.