www.tandavnews.com
Fact ~ In search of truth

एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छः एमाले अध्यक्ष ओली

एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।”

विराटनगर

नेकपा ‘एमाले’ का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।”

Batas

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने धारणा व्यक्त गरे । उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए ।

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.